२० जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए ।



