काठमाडौँ, जेठ २० गते । विद्यार्थी राजनीतिमा असफल भएपछि काभ्रेका चन्द्रबहादुर लामा (सिबी तामाङ लामा) २०५५ तिर सहकारी क्षेत्रतर्फ लोभिनुभयो । सहकारी खुल्ने र जनताबाट राम्रै बचत सङ्कलन हुने देखेपछि १५ वर्षअघि पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड स्थापना गर्नुभयो । सुरुवाती दिनमा सिबीले खोलेको सहकारीको नेतृत्व पत्नी सन्ती लामाले गर्नुभयो ।



