लगानी सम्मेलनका १२ ओटा परियोजनाको आशयपत्र पेश गर्ने म्याद थपियो


  • Himalayan Bank Limited (HBL)
लगानी सम्मेलनका १२ ओटा परियोजनाको आशयपत्र पेश गर्ने म्याद थपियो

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलनको अवसरमा तत्काल लगानी प्रतिबद्धता नआए पनि लगानीकर्तालाई डेढ महीनासम्मको म्याद दिएर आशयपत्र (एक्सप्रेशन अफ इन्ट्रेस्ट) पेश गर्न सक्ने बाटो खोलेको थियो । वैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न तेस्रो लगानी सम्मेलनमा आशयपत्र पेश गर्न ऊर्जाका परियोजनालाई ४५ दिन र गैरऊर्जाको हकमा ३५ दिन म्याद दिइएको थियो ।

गैरऊर्जा परियोजनाका लागि तय गरिएको म्याद सकिन केही दिन बाँकी र ऊर्जातर्फको म्याद २ हप्ताभन्दा बढी बाँकी रहँदा सरकारले यी दुवै वर्गमा पर्ने १२ ओटा परियोजनामा लगानीका लागि आशयपत्र बुझाउने म्याद १ महीना थपेको छ । शनिवार सार्वजनिक सूचना प्रकाशित गरेर बोर्डले म्याद थप गरेको जानकारी दिएको छ । 

Read More