काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनको कार्ययोजना नल्याएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषय कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महतले सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना प्रस्तुत गर्न नसकेको बताए ।
नेता महतले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरु कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको आरोप लगाए ।


