फेरि एसपीओमार्फत् शेयर बिक्री गर्दै साउदी अरामको, प्रतिकित्ता शेयरमूल्य ७.७३ डलरसम्म


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेरि एसपीओमार्फत् शेयर बिक्री गर्दै साउदी अरामको, प्रतिकित्ता शेयरमूल्य ७.७३ डलरसम्म

विश्वकै बढी तेल उत्पादक कम्पनी साउदी अरामकोले १ अर्ब ५० करोड कित्ता शेयर बेच्ने घोषणा गरेको छ। यो शेयर बेचेर कम्पनीले १३ अर्ब डलर बढी रकम जुटाउने योजना बनाएको छ।

कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) मार्फत १ अर्ब ५० करोड ४५ लाख कित्ता शेयर बेच्ने घोषणा गरेको छ। जुन कम्पनीको ०.७ प्रतिशत हिस्सा हो। 

शेयरको न्यूनतम प्रतिकित्ता मूल्य ७.१२ डलरदेखि ७.७३ डलरसम्म हुने सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिन नासिरलाई उद्धृत गर्दै सीएनबीसीले उल्लेख गरेको छ ।

Read More