कुनै ग्राहकले एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिएमा त्यसको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने भएको छ। केन्द्रीय बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागु गर्दै यस्तो निर्देशन दिएका हो।
राष्ट्र बैंकले जारी गरेको सो व्यवस्थामा कारोबारको सीमा सम्बन्धी व्यवस्था छ। जसले एकै पटक वा पटक–पटक गरी एक आर्थिक वर्षमा कुनै ग्राहकले ३० लाख वा सोभन्दा बढी रकमको हायर पर्चेज कर्जा लिएमा र एकै पटक वा पटक–पटक गरी एक दिनमा कुनै एक ग्राहकले रु.१० लाख वा सोभन्दा बढी रकम भुक्तानी गरेमा कारोबार भएको मितिले १५ दिनभित्र गो एमएल मार्फत वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्नेछ।



