काठमाडौं । चालू आर्थिक वर्ष (आव)को १० महीना अर्थात् वैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले पौने ३३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले वैशाखसम्म २३ लाख ९३ हजार १८२ ओटा बीमालेख विक्री गरी रू. ३२ अर्ब ८७ करोड ४८ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।



