बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी केन्द्रका सांसदहरुको सुझाव


  • Himalayan Bank Limited (HBL)
बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई माओवादी केन्द्रका सांसदहरुको सुझाव

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा उनीहरुले बजेट राजनीतिक, आर्थिक र सत्ता समीकरणलाई समेत ध्यानमा राखेर सन्तुलित र सही ढंगले आएको निष्कर्ष निकाल्दै यसको कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका हुन् । पार्टीका सांसदहरुले देशको अर्थ व्यवस्था, राजनीतिक अवस्था, सत्ता समीकरणलाई समेत ख्याल गरेर आएकाले त्यसको कार्यान्वयनमा जोड गरेर जानुपर्छ भन्ने सुझाव बैठकमा दिएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

Read More