अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्यसहित आठ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले असिस्टेन्ट सव–इन्जिनियर विक्रम बुढा, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढाविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।


