भारतीय रिजर्भ बैंकले बेलायतबाट फिर्ता ल्यायो १०० टन सुन, अब स्थानीय भल्टमै जम्मा गर्ने


  • Himalayan Bank Limited (HBL)
भारतीय रिजर्भ बैंकले बेलायतबाट फिर्ता ल्यायो १०० टन सुन, अब स्थानीय भल्टमै जम्मा गर्ने

काठमाडौं : भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले बेलायतबाट करिब १०० टन अर्थात १ लाख किलोग्राम सुन भारतस्थि आफ्नौ भल्टमा फिर्ता ल्याएको छ । आरबीआईले आगामी महिनाहरुमा थप सुन भारतमा सार्ने तयारी गरेको पनि टाइम्स अफ इन्डियाको रिपोर्टलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

सन् १९९१ पछि भारतले यति ठूलो मात्रामा सुन स्थानान्तरण गरेको यो पहिलो पटक हो । आरबीआईले सन् १९९१ मा भारत विदेशी मुद्रा संकटबाट गुज्रिरहेको अवस्थामा आफ्नो सुनको भण्डारको केही अंश धितो राख्न बाध्य भएको थियो । त्यसबेला, आरबीआईले कडा आलोचनाको सामना पनि गर्नु परेको थियो ।

 

Read More