१८ जेठ । विश्वव्यापी कारोबारमा चीनले अमेरिकी डलरको वर्चस्व क्रमिक रुपमा घटाउँदै गएको छ । विश्वका धेरै राष्ट्रहरुले अझै पनि मुद्रा भण्डारणका क्रममा डलरलाई नै प्राथमिकता दिने, डलरबाटै कारोबार गर्ने परिपाटी रहेकोमा यसलाई घटाउन चीन सफल भएको छ । ब्लुमबर्गले सार्वजनिक गरेको एक रिपोर्टअनुसार चीनले गरेको अन्तर्राष्ट्रिय कारोबारमा डलरको प्रयोग उल्लेख्य रुपमा घट्दै गएको छ ।
चीनले गरेको अन्तर्राष्ट्रिय कारोबारमा २०२४ मार्चमा डलरको प्रयोग ४२.८ प्रतिशत छ । जबकि २०२३ मार्चमा डलरको प्रयोग ४६.७ प्रतिशत थियो भने २०२२ मार्च मा ५३.३ प्रतिशत थियो ।



