सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।



