नलगाड जलविद्युत् आयोजना, मुआब्जा वितरण अन्तिम चरणमा


  • Himalayan Bank Limited (HBL)
नलगाड जलविद्युत् आयोजना, मुआब्जा वितरण अन्तिम चरणमा

सुर्खेत, जेठ १८ गते । जाजरकोटमा निर्माण हुने ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । बारेकोट गाउँपालिका अन्तर्गतका वडामा मुआब्जा वितरण गर्ने काम भइरहेको छ ।

आयोजनाबाट नलगाड नगरपालिका वडा नं. ५ र ७ तथा बारेकोट गाउँपालिकाका वडा नं. १, २, ५, ६, ७, ८ र ९ वडा प्रभावित हुने छन् । अहिले भने बारेकोटको वडा नं. १, २, ५, ६, ७, ८ र ९ मा मुआब्जा वितरणको काम धमाधम भइरहेको छ । चार हजार दुई सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ ।

Read More