मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरको लकइन समाप्त हुँदै, आइतबार खुल्नेछ कारोबार


  • Himalayan Bank Limited (HBL)
मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयरको लकइन समाप्त हुँदै, आइतबार खुल्नेछ कारोबार

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ ।

मुक्तिनाथ कृषि कम्पनीले म्युचुअल फन्डलाई छुट्ट्याएको ७० हजार कित्ता र नेपाल वेयरहाउजिङ्गले छुट्ट्याएको ६८ हजार ७५० कित्ता सेयरको लकइन समय सकिन लागेको हो । नेपाल वेयरहाउजिङ्गको जेठ १८ गते र मुक्तिनाथ कृषि कम्पनी जेठ १९ गते लकइन खुल्न लागेको हो । आज र भोलि सेयरबजार बन्द हुने हुँदा अब दुवै कम्पनीको सेयर एकैसाथ आइतबारदेखि कारोबारमा आउनेछ ।

Read More