काठमाडौँ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई पक्राउ गरेको छ।
लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक हुन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ।



