नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले पाएका छन्।
बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले बिहीबारदेखि लागू हुनेगरी उनलाई यो जिम्मेवारी दिएका हुन्। यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ प्रवक्ताको २०७९/०९/४ गतेदेखि प्रवक्ताको भूमिकामा थिए।


