काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै सदनमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटले विदेशमा पढ्न जाँदा, घुम्न जाँदा र रोजगारमा जाँदा कर लगाउनेगरी बजेट ल्याएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले मुख्यतः आवेदन शुल्क, शिक्षण शुल्क र बिमा शुल्क शीर्षकमा वैदेशिक मुद्रा भुक्तानी शुल्क तिर्दै आएका छन् ।
सुर्तीमा ३ प्रतिशत मात्र कर वृद्धि
अर्थमन्त्री पुनले सुर्तीजन्य पदार्थमा कर वृद्धि गरेको भनेर सम्बोधन गर्दा तालीको गडगडाहटको आवाज आए पनि सुर्तीमा खेर जानेगरी कर वृद्धि गरिएको पाइएको छ ।



