काठमाडौं : सेयर बजार घट्नेक्रमले बिहीबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १९.८९ विन्दुले घटेर २०६९.५३ अंकमा अडिएको छ । ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहमात्र सकारात्मक भएका छन् ।
बजेट घोषणापछि लगानीकर्ताले नकारात्मक प्रतिक्रृया दिइरहेका हुन् । यसैक्रममा बुधबार घटेको बजारले बिहीबार पनि निरन्तरता पाएको हो । यही बेला यसअघि बढेको बजारबाट नाफा बुक गर्नेहरु पनि उत्तिकै सक्रिय हुँदा बजारमा थप बिक्री चाप परेको अनुमान गरिएको छ ।





