भारतमा आइपीओ जारी गर्ने कम्पनीले जुलाई १ देखि विवरणपत्रको ‘अडियो–भिजुअल’ सामाग्री पनि सार्वजनिक गर्नुपर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भारतमा आइपीओ जारी गर्ने कम्पनीले जुलाई १ देखि विवरणपत्रको ‘अडियो–भिजुअल’ सामाग्री पनि सार्वजनिक गर्नुपर्ने

काठमाडौं : भारतको पुँजी बजार नियामक ‘सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसन अफ इन्डिया (सेबी)’ ले आइपीओ जारी गर्न खोज्ने कम्पनीहरुलाई आइपीओ विवरणपत्रको श्रव्यदृश्य (अडियो–भिजुअल) प्रस्तुति पनि सार्वजनिक गर्न निर्देशन दिएको छ । आइपीओ जारी गर्न खोज्ने कम्पनीले आगामी जुलाई १ देखि स्वैच्छिकरुपमा विवरणपत्रको अडियो–भिजुअल सार्वजनिक गर्न सक्नेछन् ।

यस्तै, त्यसको ३ महिनापछि अर्थात अक्टोबर १ देखि भने यो व्यवस्था अनिवार्यरुपमा लागू हुने भारतीय सञ्ञचार माध्यम मिन्टले उल्लेख गरेको छ । सेबीले आइपीओ तयारीमा रहेका कम्पनीहरुले जारी हुने सार्वजनिक निष्कासनका जोखिमहरु सहित आइपीओको सम्पूर्ण विवरण खुलाएर १० मिनेटको अडियोभिजुअल प्रस्तुति सार्वजनिक गर्न निर्देशन दिएको छ । आइपीओका बिक्री प्रबन्धकहरुले अंग्रेजी र हिन्दी दुवै भाषामा विवरणपत्रको अडियो–भिजुअल सामाग्री सिर्जना गर्नुपर्नेछ ।

Read More