रसुवा : रसुवागढी र सान्जेनलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशाण लाइनमा पुर्याउन थाम्बुचेत–काठमाडौं राष्ट्रिय प्रशाण लाइन तथा टावर निर्माण ९६ प्रतिशत पूरा भएको छ ।
आमाटा दिङमो गाउँपालिकामा निर्माणाधीन सान्जेन र गोसाइकुण्ड गाउँपालिकामा निर्माणाधीन रसुवागढीलगायत आसपासका सबै जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका–४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौंसम्मको राष्ट्रिय प्रशाण लाइन निर्माण भइरहेको हो ।



