बजेट यथार्थपरक र संयमित आएता पनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर


  • Himalayan Bank Limited (HBL)
बजेट यथार्थपरक र संयमित आएता पनि कार्यान्वयन चुनौतीपुर्ण : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आएपनि कार्यान्वयन चुनौतीपुर्ण रहेको जनाएको छ । 

आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट कार्यान्वयन चुनौतीपुर्ण रहेको ठहर चेम्बरले गरेको हो । 

आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसमेत चुनौतीपुर्ण भएको चेम्बरको भनाइ छ ।यद्यपी आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणा गरिनु दोस्रो चरणको आर्थिक सुधारका लागि आयोग बनाउने विषयहरु सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ । 

Read More