काठमाडौँ — गत २१ वैशाखमा दिउँसोबाटै ईन्टरनेट सेवा अवरुद्ध भएको खबरले धेरैलाई झस्काईदिएको थियो । झन ईन्टरनेटमै आधारित सेवा दिने काममा संग्लन भएकाहरुलाई भने कतै यस्तो घटना दोहोरीरहने हो कि ? सरकारले नै ईन्टरनेट सट डाउन गर्ने अवस्था आयो भने के होला भन्ने चिन्ताले पनि सतायो ।
हालैमात्र डिजिटल अधिकारको वकालत गर्ने संस्था एक्सेस नाउ र ईन्टरनेट प्रतिबन्धविरुद्ध अभियान चलाउँदै आएको संस्था किप ईट अनले स्रिकिङ डेमोक्रेसी, ग्रोईङ भायलेन्स शिर्षकमा संसारमा कहाँ कहाँ ईन्टरनेट सटडाउनका घटना भए भन्ने विषय समेटेर प्रतिवेदन सार्वजनिक गरेको थियो । यो प्रतिवेदनमा भिडियो सेयरिङ प्लाटर्फम टिकटकमाथी नेपाल सरकारले प्रतिबन्ध लगाएकाले नेपाललाई पनि पहिलो पटक ईन्टरनेट सटडाउन हुने देशहरुको सूचीमा पहिलो पटक नेपालको नाम पनि राखेको छ ।


