ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा


  • Himalayan Bank Limited (HBL)
ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ, जेठ १६ गते । ठुला र जलाशययुक्त आयोजनालाई निर्माणमा प्रवेश गराउने उद्घोषसहित सरकारले मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । समग्र ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपियाँ विनियोजनसहित अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आवमा बहुचर्चित दुधकोशी, नलसिंहगाड, माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माणको चरणमा प्रवेश गराउने योजना बजेटमा राखिएको छ ।

६३५ मेगावाट क्षमताको दुधकोशी, ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना निर्माण सुरु गर्ने व्यवस्था बजेटमा गरिएको पुनले जानकारी गराउनुभयो । उहाँले २८० मेगावाट क्षमताको नौमुरे जलविद्युत् आयोजनाको समेत निर्माण सुरु गर्ने सरकारले लक्ष्य लिएको जानकारी गराउनुभयो । वर्षौंदेखि अलमलमै रहँदै आएको एक हजार दुई सय मेगावाटको बुढी गण्डकी जलविद्युत् आयोजना पनि निर्माण कार्य सुरु गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ । सुक्खायामको विद्युत् मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले जलाशययुक्त आयोजना निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेको मन्त्री पुनको भनाइ छ ।   

Read More