आर्थिक वर्ष २०८१/८२ को बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल


  • Himalayan Bank Limited (HBL)
आर्थिक वर्ष २०८१/८२ को बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो । सोही अनुरूप नयाँ चरणको सुधार र आयोग बनेसँगै सुधार वर्ष घोषणा भएको छ । महासंघले प्रवर्द्धन गरेको सानो बचत बाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने भनिएको छ ।

कृषिमा करार खेती र पहाड मा फलफूल खेती को विषय आएको छ, पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास गर्ने विषय आएका छन् ।

सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना छन् । निजी क्षेत्र प्रवर्द्न जुन महासंघको सधैको माग थियो त्यसलाई पहिलो प्राथमिकतामा समेटिएको छ। यसको कार्यान्वयन राम्रोसँग हुन सक्यो भने ६% को आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव पनि छ ।

बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ ।