बजेट : कुन–कुन क्षेत्रले पाउनेछन् कर छुट ?


  • Himalayan Bank Limited (HBL)
बजेट : कुन–कुन क्षेत्रले पाउनेछन् कर छुट ?

कुन-कुन क्षेत्रमा बढ्यो ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा स्वदेशी उद्योगलाई प्राथमिकता राखेको छ । स्वदेशी उद्योगलाई प्राथमिकता राख्दै औद्योगिक कच्चा पदार्थको आयातमा लाग्दै आएको करलाई घटाएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । उनले भने, ‘उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महशुल तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकतामा राखेको छु ।’

यसका लागि औषधी, इन्डक्सन, धागो, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधन तथा स्प्रिङपत्ता बनाउने उद्योग लगायतको उद्योगमा लाग्ने कच्चा पदार्थको पैठारी महसुल र अन्तःशुल्क घटेको छ ।

स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको भन्सार महसुल र अन्तःशुल्कमा वृद्धि भएको छ । उद्योगको कच्चा पदार्थको पैठारीको सहुलियत लिन विभिन्न निकायको सिफारिस आवश्यक पर्ने व्यवस्थामा उद्योगीलाई नै जिम्मेवारी बनाउने नीति सरकारले लिएको छ । ...

Read More