काठमाडौं : अमेरिकामा सेयर कारोबारको राफसाफ १०० वर्ष अघिको जस्तै छिटो हुने भएको छ । अमेरिकी सेयर बजारमा मंगलबार (मे २८) देखि कारोबार राफसाफ अवधि ‘टी प्लस टु’ बाट घटाएर पुनः ‘टी प्लस वान’ बनाइन लागेको हो । यसअघि अन्तिम पटक सन् १९२० को दशक अर्थात १०० वर्षअघि न्यूयोर्कमा सेयर कारोबार एकै दिनमा राफसाफ भएको थियो । त्यसको १०० वर्षपछि मंगलबारदेखि पुनः अमेरिकी सेयरहरु कारोबारको भोलिपल्टै राफसाफ हुने भएको हो ।





