शाखा विस्तारसँगै वित्तीय पहुँच वृद्धि


  • Himalayan Bank Limited (HBL)
शाखा विस्तारसँगै वित्तीय पहुँच वृद्धि

काठमाडौँ, जेठ १५ गते । पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच वृद्धि हुँदै गएको छ । शाखा विस्तारसँगै बैङ्किङ कारोबार गर्ने जनसङ्ख्या पनि उल्लेख्य रूपमा बढेको छ । गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता पाँच करोड ४४ लाख र कर्जा खाता १८ लाख ७६ हजार पुगेको छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार पुगेका छन् । चालु आर्थिक वर्षको फागुनसम्म ३१ हजार कर्जा खाता र ३२ लाख २३ हजार निक्षेप खाता थप भएका छन् ।

गत वर्ष फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्त समेत) का आधारमा प्रतिशाखा जनसङ्ख्या २,५१५ पुगेको छ । यस्तो जनसङ्ख्या २०७९ फागुनमा २.५१० रहेको थियो । प्रदेशगत रूपमा प्रतिशाखा जनसङ्ख्या मधेश प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम रहेको छ । यस अवधिमा मोबाइल बैङ्किङ प्रयोगकर्ता दुई करोड ३७ लाख ८३ हजार र इन्टरनेट बैङ्किङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार रहेका छन् ।

Read More