चीप उद्योगमा अर्को साढे ४७ अर्ब डलर खन्याउँदैछ चीन


  • Himalayan Bank Limited (HBL)
चीप उद्योगमा अर्को साढे ४७ अर्ब डलर खन्याउँदैछ चीन

बेइजिङ । चीनले उन्नत प्रविधिको क्षेत्रमा आफ्नो वर्चश्व  बढाउने योजना तीव्र रूपमा अगाडि बढाइरहेको छ । यसका लागि चीनमा अहिलेसम्मकै ठुलो चीप लगानी कोष स्थापना गर्दैछ ।

अमेरिका र युरोप समेतले चीनतर्फ उन्नत खालको चीप प्रविधिको निर्यातमा रोक धमाधम प्रतिबन्धको घोषणा गरिरहँदा चीनले चीप उद्योगमा अर्को साढे ४७ अर्ब डलर खन्याउन लागेको हो ।


आईसीबीसी र चाइना कन्स्ट्रक्सन बैंक समेतका ६ ठुला सरकारी बैंकहरूले सो लगानी गर्न लागेका हुन् । प्रविधि शक्ति राष्ट्रको रूपमा चीनको हैसियत थप बलियो बनाउनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले जोड दिइरहेका छन् । यो कोष सोही प्रयासको हिस्सा हो । 

Read More