११ बजेको मन्त्रिपरिषद् बैठक २ बजे, १ बजे हुने भनिएको बजेट भाषण ३ बजेलाई सर्‍यो


  • Himalayan Bank Limited (HBL)
११ बजेको मन्त्रिपरिषद् बैठक २ बजे, १ बजे हुने भनिएको बजेट भाषण ३ बजेलाई सर्‍यो

काठमाडौं : बिहान ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो २ बजेलाई सरेको छ। विशेषकारणबस बैठक २ बजेलाई सारिएको एकमन्त्रीले जानकारी दिए।

आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्न बिहान मन्त्रिपरिषद बैठक बोलाइएको थियो।

यसैगरी  दिउँसो १ बजेका लागि तय भएको बजेट भाषणको समय पनि सरेको छ। बजेट भाषण दिउँसो ३ बजे हुने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन्।

Read More