सिलिन्डरको धरौटी रकम यथास्थितिमा रहेको प्रमाण पेस गर्न निर्देशन


  • Himalayan Bank Limited (HBL)
सिलिन्डरको धरौटी रकम यथास्थितिमा रहेको प्रमाण पेस गर्न निर्देशन

काठमाडौँ — उपभोक्ताको ग्यास सिलिन्डर धरौटी रकममा उद्योगी/विक्रेताले मनोमानी गरेपछि नेपाल आयल निगमले कुल धरौटी रकम यथास्थितिमा जम्मा रहेको प्रमाण पेस गर्न निर्देशन दिएको छ । निगमले उद्योगीलाई हालसम्मको धरौटी रकमसमेत खुल्ने गरी ५ दिनभित्र विवरण पठाउन निर्देशन दिएको हो । 

‘उपभोक्ताले सिलिन्डर खरिद गर्दा तिरेको सिलिन्डरबापतको धरौटी रकम ग्यास उद्योगी, विक्रेता, डिलरको वित्तीय विवरणमा छुट्टै लेखांकन गरी उपभोक्ताले मागेका बखत फिर्ता गर्न सक्ने अवस्थामा हुनुपर्छ । निगमले पटक–पटक निर्देशन दिँदै पनि आएको छ । सर्वसाधारणले मागेका बखत धरौटी फिर्ता गर्न नसक्ने अवस्था हो कि भन्ने आशंका उब्जिएको छ,’ निगमले जेठ ९ मा ग्यास उद्योगीलाई पठाएको पत्रमा भनिएको छ, ‘बजारीकरण भएका सिलिन्डरको संख्या, ग्यास उद्योगी, विक्रेता, डिलरको रेकर्डमा रहेको कुल धरौटी रकम, धरौटी रकम यथास्थितिमा जम्मा रहेको प्रमाण, धरौटी फिर्ताको रकमसमेत खुल्ने गरी ५ दिनभित्र निगममा उपलब्ध गराउनु ।’

Read More