१४ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट मस्यौदालाई अन्तिम रूप दिन अर्थमन्त्री वर्षमान पुनसहित उच्च अधिकारीहरूको बैठक सुरु भएको छ ।
अर्थमन्त्री पुनको नेतृत्वमा मन्त्रालयमा सुरु भएको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, अर्थसचिव मधु मरासिनी र राजस्व सचिव रामप्रसाद घिमिरे तथा बजेट लेखन टोलीका सदस्य सहभागी छन् ।



