सरकारले नयाँ करको रूपमा नेपालमा 'हरित कर' सुरू गर्ने भएको छ।
कार्बनको न्यून उत्सर्जन र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्य राखेर मंगलबार प्रस्तुत हुने बजेटमार्फत् हरित करको प्रयोग सुरू गर्न थालिएको हो।
'संसारका विभिन्न देशहरूमा हरित कर सुरू भएको छ, यो वर्षबाट हामीले पनि सुरू गर्दैछौं,' अर्थमन्त्रालय सम्बद्ध एक अधिकारीले भने, 'कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको सिफारिसलाई समेत अध्ययन गरेर केही क्षेत्र सुरू गरिने छ।'



