अर्थमन्त्री बर्षमान पुनले आगामी साउन १ गतेदेखि शुरु हुने आर्थिक वर्ष २०८१/०८२ का लागि करिब १९ अर्ब रुपैयाँ बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी छ ।
अर्थमन्त्री राष्ट्रिय योजना आयोगले दिएको ’सिलिङ’ भन्दा कम्तिमा १ खर्ब रुपैयाँ बढीको बजेट ल्याउने तयारीमा छन् ।गत वर्षको जेठ १५ गते १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट अनुमान गरेको सरकारले पुससम्मको अवस्था हेरेर उक्त विनियोजन अनुमान २ खर्ब २० अर्ब जतिले घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँ कायम गराएको थियो।


