आव २०७५/७६ मा पौने २७ अर्बको बोनस शेयर थपियो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आव २०७५/७६ मा पौने २७ अर्बको बोनस शेयर थपियो

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का उपसूचकहरुमा सामान्य वृद्धि भएको देखिएको छ । गत आवमा जलविद्युत् समूहमा भने गिरावट भएको देखिएको छ । एक वर्षको अन्तरालमा नेप्से ४ दशमलव ५४ प्रतिशतले वृद्धि भई आर्थिक वर्षको अन्त्यमा १२५९ दशमलव शून्य १ को बिन्दूमा पुगेको छ । गत आर्थिक वर्षको पहिलो दिन २०७५ साउन १ गते नेप्से १२०४ दशमलव ३१ को बिन्दूमा रहेको थियो ।  
नेप्सेमा गत आवभरीमा ९४ वटा कम्पनीको २६ अर्ब ७३ करोड ३७ लाख १० हजार रुपैयाँ बराबरको २७ करोड ३३ लाख ३२ हजार १५५ दशमलव ३८ कित्ता बोनस शेयर सूचीकत भएको छ । 

Read More
  • MBL - below news