काठमाडौं : सेयर बजार भोलि (जेठ १५ गते) मंगलबार बन्द हुने भएको छ । भोलि गणतन्त्र दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार जेठ १६ गते, बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । भोलि नेप्सेसँग बैंक वित्तीय संस्थाहरु पनि बन्द हुनेछन् ।





