चार सय ४४ वटा सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रमबाट भएको लगानी फिर्ता गर्न नसकेको महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदनले देखाएको छ।
यी सहकारीलाई कोषले गरेको लगानीबाट भाका नाघेको सावाँ ब्याजसहित ७१ करोड ७८ लाख उठ्न बाँकी रहेको प्रतिवेदनले औँल्याएको हो।
प्रतिवेदनले कतिपय सहकारीहरू नियम विपरीत चल्ने गरेको र कर समेत छल्ने गरेको औँल्याएको छ।



