काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य क्षेत्रमा घोषणा गरिएको नीति कार्यान्वयन हुनु नसकेको औँल्याएको छ । ‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ मा गुणस्तरीय एवं आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने उल्लेख छ । तर सो सेवा आमनागरिकलाई उपलब्ध गराउन नसकिएको महालेखाको ठहर गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनमा ‘राष्ट्रिय स्वास्थ्य नीति, २०७६’ अनुसार निःशुल्क औषधि उपलब्ध गराउने नीति पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन ।



