काठमाडौं : सञ्चालनमा रहेका क्रिप्टोकरेन्सीहरुको बजार पुँजीकरण २.५८ ट्रिलियन डलर अर्थात, २० खर्ब ५८ अर्ब डलर रहेको छ । 'क्वाइन मार्केटक्याप'का अनुसार सन् २०२४ मे २७ सम्म आइपुग्दा बजार पुँजीकरण उक्त रकम बराबर रहेको देखिएको हो । मार्च १४ सन् २०२४ मा भने यिनीहरुको बजार पुँजीकरण हालसम्म कै उच्च २० खर्ब ७७ अर्ड डलर थियो ।
त्यसपछि केही दिन पुँजीकरण घटेको थियो । पछि पुनः बढ्न थालेको छ । सन् २०२४ मे १ मा २० खर्ब २१ अर्ब डलरमा झरेको पुँजीकरण त्यसयताको २७ दिनामा ३६ अर्ब डलरले बढेको २० खर्ब ५८ अर्ब डलर पुगेको हो । सञ्चालनमा रहेका क्रिप्टोमध्ये सबैभन्दा धेरै बिटक्वाइनको मार्केट क्यापिटलाइजेसन १० खर्ब ३५ अर्ब र इथोरियमको ४ खर्ब ७० अर्ब डलर रहेको छ ।



