काठमाडौँ — प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताएका हुन् ।
कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरुले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खाजेको सांसद परियारको भनाइ छ ।


