सरकारको लगानी रहेका संस्थानमध्ये आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ संस्थाहरु कुन-कुन हुन् ?


  • Himalayan Bank Limited (HBL)
सरकारको लगानी रहेका संस्थानमध्ये आयल निगमको खुद नाफा सबैभन्दा धेरै, उच्च नाफा आर्जन गर्ने ५ संस्थाहरु कुन-कुन हुन् ?

काठमाडौं: नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै खुद नाफा गर्नेमा नेपाल आयन निगम रहेको छ । यसले आर्थिक वर्ष २०७९-८० मा ११ अर्ब ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसको सञ्चित नाफा भने ४ अर्ब ८५ करोड ऋणात्मक देखिएको छ । 

आर्थिक वर्ष २०७९/८० मा उच्च खुद नाफा आर्जन गर्ने ५ सार्वजनिक संस्थान क्रमशः नेपाल आयल निगम लि., नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्‍चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् । अर्थमन्त्रालयका अनुसार यी संस्थानको खुद नाफा कुल खुद नाफाको ७५.६७ प्रतिशत रहेको छ । 

Read More