महालेखाले देखायो ११ खर्ब ८३ अर्ब रुपैयाँ बेरुजु, गत वर्षको मात्र ९५ अर्ब ६० करोड


  • Himalayan Bank Limited (HBL)
महालेखाले देखायो ११ खर्ब ८३ अर्ब रुपैयाँ बेरुजु, गत वर्षको मात्र ९५ अर्ब ६० करोड

महालेखा परीक्षकको कार्यालयले सरकारको बेरुजु झण्डै १२ खर्ब रुपैयाँ पुगेको देखाएको छ। कार्यलयले सम्पन्न गरेको सरकारी लेखाङ्‍कन अनुसार गत आर्थिक वर्षको असारमसान्तसम्म संघ प्रदेश र स्थानीय तह सहित सबै सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ९३ अर्ब रुपैयाँ बेरुजु देखाएको हो।

यसमा गत वर्षको मात्र बेरुजु ९५ अर्ब ६० करोड रुपैयाँ रहेको कार्यलयले जनाएको छ। त्यसमध्ये असुल गर्नु पर्ने बेरुजु २३ अर्ब ४० करोड ८ लाख रुपैयाँ छ। जुन कुल बेरुजुको २४ प्रतिशत हो।

यस्तै नियमित गर्नु पर्ने बेरुजु ६८ प्रतिशत र पेश्की ६ प्रतिशत रहेको महा लेखापरीक्षकको कार्यालयले जनाएको छ ।

Read More