नेपालमा सबभन्दा धेरै लगानी चीनबाट, त्यसपछि भारत


  • Himalayan Bank Limited (HBL)
नेपालमा सबभन्दा धेरै लगानी चीनबाट, त्यसपछि भारत

नेपालमा हालसम्म कुल ४ खर्ब ७८ अर्ब ८५ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। 

यो अवधिमा ६ हजार एक सय ११ वटा उद्योगमा लगानी स्वीकृत भएको हो। 

ऊर्जा, पर्यटन र सेवा क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी स्वीकृत भएको हो। ऊर्जा क्षेत्रमा एक खर्ब ३० करोड ७३ लाख, सेवा क्षेत्रमा एक खर्ब ३० करोड ४४ लाख र पर्यटन क्षेत्रमा एक खर्ब सात करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको हो।

पूर्वाधार क्षेत्रमा सबैभन्दा कम पाँच करोड ६६ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। 

Read More