काठमाडौं । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर २.७६ प्रतिशत रहेको थियो ।
पछिल्लो दश वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.७५ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान २३.९२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.०९ प्रतिशत रहने अनुमान गरिएको छ ।



