१३ जेठ, पोखरा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले आफूहरुको रकम फिर्ता नपाएको भन्दै प्रदर्शन गरेका हुन् ।



