हिमालयन बैंकले रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र भोलिबाट निश्कासन गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन बैंकले रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र भोलिबाट निश्कासन गर्ने

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले भोलि बिहीबारदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गर्दैछ । बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र निश्कासन गर्ने भएको हो । ऋणपत्रमा छिटोमा साउन ६ गते र ढिलोमा साउन ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एक हजार दरका ३० लाख युनिट जारी गर्न लागेको हो । ऋणपत्रको कुल युनिटमध्ये ४०% अर्थात एक अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६०% अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तवरबाट बिक्री गरिने बैंकको भनाई छ ।

Read More
  • MBL - below news