काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। संसदमा देखिएको गतिरोध हटाउनेलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री 'प्रचण्ड' आइतबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। छलफल सहकारीको छानबिन र संसद्को गतिरोध अन्त्यको विषयमा केन्द्रित भएपनि निष्कर्षमा पुग्न नसकेको नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले जानकारी दिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए।



