काठमाडौँ । देशको सार्वजनिक ऋणको आकार करिब २४ खर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब पुगेको हो।
यो अवधिमा ९८ अर्ब ऋण थपिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को सुरुमा कूल सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब रहेको थियो । वैशाख र चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ।
कुल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२.०२ प्रतिशत हुन आउँछ । गत वैशाख मसान्तसम्मको कुल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ ।



