साढे २ महिनादेखि किसान बिमाबाट बञ्चित


  • Himalayan Bank Limited (HBL)
साढे २ महिनादेखि किसान बिमाबाट बञ्चित

काठमाडौं : किसानहरूको उत्पादनमा गरिँदै आएको बिमा रोकिएको करिब साढे २ महिना भइसकेको छ। सरकारले बिमा प्रिमियममा ८० प्रतिशत अनुदान रकम ३ अर्ब रुपैयाँभन्दा बढी बिमा कम्पनीहरूलाई भुक्तानी नगरेकाले सञ्चालनमा रहेका १४ ओटै निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमालेख नै बन्द गरेका हुन्।

निर्जीवन कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै चैत्र १ गतेदेखि उक्त बिमालेख नगर्ने घोषणा गरेका थिए। यसबीच लामो समय बितिसक्दा पनि सम्बद्ध निकायले कुनै पनि निकासा निकालेको छैन। आर्थिक वर्ष २०८१/८२ मा कृषि तथा पशुपन्छीको बिमा प्रिमियममा अनुदानवापत ७१ करोड ७६ लाख ७४ हजार कम्पनीहरूलाई दिइएको छ। तर चालु आवको हालसम्म भने करीब ३ अर्ब बिमा प्रिमियमको अनुदानवापतको रकम भुक्तानी गर्न बाँकी रहेको कृषि तथा पशुपन्छी विकासका प्रवक्ता सवनम शिवाकोटीले जानकारी दिइन्। 

Read More