शेयर बजारका लगानीकर्ताहरुको संगठनहरुले आगामी बजेटमा पूँजीबजारलाई टेवा पुग्ने नीति ल्याउन माग गरेका छन्। हाल सञ्चालनमा रहेका ८ लगानीकर्ता संघहरुले एक संयुक्त विज्ञप्ति निकाल्दै आयकर ऐनमा दुई संशोधनको माग गरेका छन्।
लगानीकर्ताहरु पूँजीबजार सुधार सम्बन्धमा तत्काल गर्नुपर्ने कामका बारेमा विभिन्न मितिमा अर्थमन्त्रालयमा पत्र पठाएको बताउँदै लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा सशक्त विरोध गर्ने चेतावनी दिएका छन्।



