बजेटमा धितोपत्र बोर्डको सुझाव : नयाँ स्टक एक्सचेञ्ज र सीडीएसको पुनःसंरचना


  • Himalayan Bank Limited (HBL)
बजेटमा धितोपत्र बोर्डको सुझाव : नयाँ स्टक एक्सचेञ्ज र सीडीएसको पुनःसंरचना

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेटका लागि नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयलाई निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको पुनःसंचरना लगायतका सुझाव दिएको छ ।

‘धितोपत्र बजारलाई आधुनिक, प्रतिस्पर्धी एवं अन्तर्राष्ट्रिय प्रणाली तथा प्रविधिअनुरूप सुविधासम्पन्न बनाई धितोपत्रको कारोबारलाई थप वृद्धि गरिनेछ,’ बोर्डले मन्त्रालयलाई दिएको सुझावमा भनिएको छ, ‘जसअनुसार धितोपत्र बजारका लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको लगानीसहितको धितोपत्रको दोस्रो बजार सञ्चालक कम्पनी र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको संरचनात्मक सुधार गरिनेछ ।’

Read More